काठमाडौं, असार २५ । नेकपा एमालेमा विवाद समाधान गर्न गठित कार्यदलको आजको बैठक सुरु भएको छ । सिंह्दरबार स्थित अर्थमन्त्रालयमा बैठक सुरु भएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलका प्रेस संयोजक भुवन केसीले जानकारी दिनुभयो ।
बैठकमा दुवै पक्षका सबै सदस्यहरुको उपस्थिती छ । हिजो साँझ उपप्रधानमन्त्री पौडेल मन्त्रिपरिषद बैठकमा व्यस्त भएपछि औपचारिक बैठक भएन । आजको बैठकमा उपाध्यक्ष भीम रावल र उपमहासचिव विष्णु पौडेलले तयार पारेको सहमतिको मस्यौदामा छलफल गरेर अन्तिमरूप दिने कोसिस हुने नेताहरूले बताएका छन् । सोमबारदेखि कार्यदल बैठक जारी छ ।
बिहीबार साँझको बैठकपछि प्रतिक्रिया दिँदै नेपाल पक्षीय कार्यदल सदस्य घनश्याम भुसालले एमाले विवादका सन्दर्भमा विगत १० दिनदेखि केही पनि प्रगति नभएको बताउनु भएको थियो । कार्यदलमा संस्थापन पक्षका संयोजक सुवास नेम्वाङले पनि भुसालको भनाइजस्तै आसय दिँदै गला अवरुद्ध पार्नुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्