जनता टाइम्स

२५ असार २०७८, शुक्रबार १५:२२

असईको लिखित परीक्षाको नतिजा सार्वजनिक, ५१३ जना पास (सूचीसहित)


काठमाडौं, असार २५

प्रहरी सहायक निरीक्षक पदमा पदपूर्ति गर्न लोक सेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा प्रकाशन भएको छ। २०७६ माघ १ गते प्रकाशित विज्ञापन अनुसार लिइएको लिखित परीक्षाको परीक्षाफल प्रकाशन गरिएको हो।

उत्तीर्ण उम्मेदवारहरुको आगामी साउन ३, ४ र ५ गते नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा विशेष स्वास्थ्य परीक्षण हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्यालयको मानव स्रोत एवं प्रशासन विकास विभाग, भर्ना तथा छनौट महाशाखाले सूची प्रकाशन गरेको हो ।