जनता टाइम्स

२६ असार २०७८, शनिबार १३:४६

प्रधानमन्त्री ओली हेलम्बुपछि मेलम्चीमा (फोटोफिचर)


काठमाडौं, असार २६

प्रधानमन्त्री केपी शर्मा ओली सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावितहरूको अवस्था बुझ्न अहिले मेलम्ची पुग्नुभएको छ । उहाँ हेलम्बु र मेलम्चीको अवलोकनका लागि पुग्नुभएको हो । हेलिकप्टरबाट हेलम्बु पुग्नुभएको उहाँ हाल मेलम्ची क्षेत्रमा पुग्नुभएको छ । प्रधानमन्त्री ओलीले मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाने बताइएको छ ।

उहाँले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण गर्नेसमेत कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसमेत हुनुहुन्छ । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिरोबाट जनधनको क्षति भएको थियो ।