काठमाडौं, असार २६
राष्ट्रिय युवा परिषद्ले प्रविधिको प्रयोग गरेर नै नमूना युवा संसद सञ्चालन गरेको छ । देशभरका युवालाई प्रविधि प्रयोग गरेर एकै ठाउँमा जम्मा गरेर युवा संसद सञ्चालन गरेको हो । कोरोना भाइरसको कारणले भौतिक रुपमा उपस्थित हुन नसक्ने भएपछि परिषद्ले प्रविधिको प्रयोग गरि युवा संसद सञ्चालन गरेको हो । परिषद्ले सातवटै प्रदेशमा ‘नमुना युवा प्रदेश सभा’ भर्चुअल विधिबाट सञ्चालन गरेको छ । परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुंगेलले भर्चुअल विधिबाट पनि युवा संसदको अभ्यास सम्भव भएको बताउनुभयो ।
छनौट परेका १६ देखि २४ बर्ष उमेर समूहका मुख्यमन्त्री, मन्त्री, प्रदेश सभामुख, उपसभामुख, सचेतक, संसदीय दलका नेता, प्रदेश सांसदको भूमिकामा भर्चुअल विधिबाट युवा प्रदेश सभाको अभ्यास गराउन सम्भव भएको हो ।
परिषद्ले सातवटै प्रदेशमा छुट्टाछुट्टै जुमबाट प्रदेश सभा सञ्चालन गरेको हो । सातवटै प्रदेशमा भर्चुअल विधिबाट सभा सञ्चालन गर्नका लागि पाँच जनाको प्राविधिकको समूह रहेको छ । उक्त समूहले प्रत्येक प्रदेशमा एक वटा जुम आइडी उपलब्ध गराएर सभा सञ्चालन गरेको हो । भर्चुअल रुपमा सभा सञ्चालन गर्नका लागि सात वटा क्यामेराको प्रयोग गरिएको थियो ।
भौतिक उपस्थिति जस्तै भर्चुअलबाट प्रविधिको प्रयोग गरेर प्रदेश सभाको कार्यकक्ष, रोष्टम, कुर्ची, मर्यादापालकको पनि प्रदेश सभा सञ्चालन गर्दा देखाइको थियो । ‘कोरोना भाइरसको कारणले हामीले भर्चुअल विधिबाट गरौं’ उहाँले भन्नुभयो, ‘हामीले पहिलो त सम्भव हुन्न भन्ने जस्तो लागेको थियो तर हामीले सभा राम्रोसंग सञ्चालन गरौ ।’ भर्चुअल विधिबाट गरिएको सभा सञ्चालनको समापनमा सातवटै प्रदेशमा जुमलाई एकै ठाउँमा जोडिएको थियो ।
परिषद् कार्यकारी उपाध्यक्ष ढुंगेलले भर्चुलअ विधिबाट कम खर्च पनि कममा कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । उहाँले थप्नुभयो,‘यहि भौतिक उपस्थितिमा भएको भए हाम्रो समूह सातवटै प्रदेशमा जानुपर्दथ्यो जसले गर्दा खर्च बढी हुने गर्दथ्यो । तर भर्चुअलबाट युवा प्रदेश सभा सञ्चालन गर्दा खर्च पनि कम र कार्यक्रम पनि प्रभावकारी भएको छ ।’ परिषद्ले यहि असार २८ गते देखि नै यसैगरी संघीय नमुना युवा संसद सञ्चालन गर्ने छ ।
उहाँले प्रशिक्षण दिएका युवाले नमुना प्रदेश सभा सञ्चालन गरेजस्तै सरकारले कोरोना भाइरसको समयमा व्यवस्थापिका संसद चलाउन सकिने धारणा राख्नुभयो । ‘दुई दिन तालिम लिएका १६ देखि २४ बर्ष उमेर समूहका युवाले नमुना युवा प्रदेश सभा सञ्चालन गर्नुभयो’ उहाँले भन्नुभयो, ‘नमुना युवा प्रदेश सभाजस्तै संसदीय अभ्यास गरेका सांसदबाट कोरोना भाइरसको यस महामारीको बेलामा भर्चुअल विधिबाट नै प्रतिनीधिसभा र राष्ट्रिय सभा सञ्चालन गर्न सकिन्छ ।’
परिषद्ले भोलिदेखि नै दुई दिनसम्म भर्चुअल विधिबाट राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन आयोजना गर्दै छ । सम्मेलनमा चार सय जनाको उपस्थित हुने भएका छन् । यसअघि परिषद्ले गत बर्ष अन्तर्राष्ट्रिय युवा दिवस भर्चुअल विधिबाट गराएको थियो । उक्त कार्यक्रममा श्रीलंका, भारत र वंगलादेशमा मन्त्री र सचिव पनि सहभागि हुुनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्