काठमाडौं, असार २७ । कान्तिपुर दैनिकका पूर्वसम्पादक नारायण वाग्ले पक्राउ परेका छन् । निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि सिंहदरवार अगाडिबाट वाग्लेसहितका नागरिक अधिकारकर्मी पक्राउ परेका हुन ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा चरम राजनीतिकरण तथा भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शनका लागि सिंहदरबार अगाडि गएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सिंहदरवार वरपर निषेधित क्षेत्र हो । प्रहरीले वाग्लेसहित लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, विमल अर्याल, अर्चना थापासहितलाई नियन्त्रणमा प्रहरीले लिएको हो।
गत निर्वाचनमा नेपाली कांग्रेसको प्रचारमा हिडनुभएका वाग्ले बिगत दुई बर्षदेखि पत्रकारिता भन्दा नागरिक अधिकारकर्मी भन्दै सरकारबिरुद्ध अभियानको नेतृत्व गर्दै आउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्