काठमाडौं, असार २७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । अध्यक्ष ओलीको परामर्शमा महासचिव इश्वर पोखरेलले आज दिउँसो ४ बजे बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाउनु भएको हो ।
एमाले बिवाद समाधान कार्यदलले अधिकांश बिषयमा सहमति जुटाएको सूचनाका आधारमा आज बिहान ११ बजे स्थायी कमिटी बैठक बस्ने तय भएपनि सहमतिमा ढिलाइ भएपछि चार बजे बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो । बैठकमा समसामयिक विषयवस्तु र पार्टीभित्र देखिएको विवाद समाधानका विषयमा छलफल हुने बताइएको छ ।
बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । ‘हिजो नै कार्यदलमा सहमति बनेको कुरा आएको थियो । रातभरीमा के भएर रोकिएको हो थाहा भएन । महासचिवले अध्यक्षसँगको परामर्शमा स्थायी कमिटी बोलाउनुभएको हो’, तामाङले भन्नुभयो । एकताका लागि गठन गरिएको कार्यदलका नेता सुवासचन्द्र नेम्वाङ र भीम रावलले आज बिहान ८ बजेसम्म ‘सुखद खबर’ आउने जानकारी दिनुभएको थियो । तर अहिलेसम्म त्यो खवर आउन सकेको छैन । कार्यदलमा सहमति जुटन बाँकी रहँदा नै एमालेले बैठक बोलाएको हो । वरिष्ठ नेता माधवकुमार नेपालले हाताहाती बिधान भन्दा बाहिर गएर अध्यक्ष दिनुपर्ने माग गरेपछि कार्यदलमा सहमति जुटन सकेको छैन ।













प्रतिक्रिया दिनुहोस्