काठमाडौं, असार २८। नेकपा एमालेका सांसद्हरुले सर्वोच्च अदालतमा दायर भएको रिटबाट आफ्नो हस्ताक्षर फिर्ता लिने भएका छन् । आज सर्वोच्च अदालत पुगेर सांसद्हरुले हस्ताक्षर फिर्ता लिन लागेका हुन् ।
एमालेका २३ जना सांसद्ले प्रतिनिधि सभा विघटनको विरोध गर्दै सर्वोच्चमा दायर रिटमा हस्ताक्षर गरेका थिए । ती सांसद्हरुले आज हस्ताक्षर फिर्ता लिएको घोषणा गर्ने योजना रहेको छ । तर, माधवकुमार नेपालले भने हस्ताक्षर फिर्ता लिन मान्नुभएको छैन । माधव नेपाल सहित दुईतीन जना सांसद्ले हस्ताक्षर फिर्ता नलिने, बाँकीले फिर्ता लिने बताइएको छ ।
एमालेका एक उच्च नेताका अनुसार– ‘आज साथीहरु हस्ताक्षर फिर्ता लिन सर्वोच्च अदालत जानुहुने योजना छ । हेरौं, के हुन्छ । राजनीति हो, मिनेट मिनेटमा खेल परिवर्तन हुन्छ ’ सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिटमा आज फैसला दिने भनिएको छ । एमालेका २३ मध्येका बहुमत सांसद्ले हस्ताक्षर फिर्ता लिएको अवस्थामा फैसला प्रभावित हुन्छ कि हुँदैन भन्ने अनिश्चित छ । केही जानकारहरुका अनुसार निर्णय लेखन कार्य नसकिएकाले संवैधानिक इजलासले आजको फैसला केही दिन पछिका लागि सनर्नसक्ने सम्भावना रहेको छ ।













प्रतिक्रिया दिनुहोस्