जनता टाइम्स

२८ असार २०७८, सोमबार १७:२७

बालुवाटारमा एमाले स्थायी कमिटी, माधव निवासमा विपक्षी गठबन्धनको छलफल


काठमाडौं, असार २८

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक बस्दै गर्दा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको निवासमा विपक्षी गठबन्धनको बैठक बस्ने तय गरिएको छ । विपक्षी गठबन्धनको बैठक केहीबेरमा बस्ने भएको हो । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा गठबन्धनको बैठक बस्न लागेको हो ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत सहभागी हुने जनाइएको छ ।