जनता टाइम्स

२८ असार २०७८, सोमबार १८:४७

सर्वाेच्चको फैसलाप्रति कलाकार दिपकराज गिरीको कडा टिप्पणी


काठमाडौं, असार २८

नेपाली चलचित्रका कलाकार तथा निर्माता दीपकराज गिरीले सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई असंवैधानिक ठहर गरेसँगै कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन् भन्दै प्रश्न गर्नुभएको छ ।

सर्वोच्चले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएपछि उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘राष्ट्रपतिय प्रधानमन्त्रीद्धारा अदालतीय प्रधानमन्त्रीलाई सत्ता हस्तान्तरण गर्ने संभावना । त्यसपछि फेरि कुरो उही । कठै ४ बर्ष लगाएर कस्तो संविधान बनाएछन् ।’