जनता टाइम्स

२८ असार २०७८, सोमबार १८:५७

बालुवाटारमा एमाले स्थायी कमिटी बैठक जारी, रावल सहभागी


काठमाडौं, असार २८

नेकपा एमाले स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ । बैठकमा माधव नेपाल पक्षधर वार्ता टोली संयोजक डा. भीम रावल पनि सहभागी हुनुभएको छ । आजको बैठकमा सर्वोच्च अदालतको फैसला र त्यसपछिका राजनीतिक घटनाक्रमबारे छलफल भएको नेताहरूले बताएका छन् ।

भोली बोलाइएको केन्द्रीय कमिटी बैठक के गर्ने भन्नेबारे समेत छलफल हुने भएको छ । आजको स्थायी कमिटीको बैठकमा परिवर्तित परिस्थितिमा पार्टीले चाल्नुपर्ने कदममा केन्द्रित रहेर छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

त्यस्तै बैठकले आइतबार रातिको १० बुँदे पार्टी एकता सम्बन्धी सहमतिलाई अनुमोदन गर्ने भने पनि सबै नेताहरूसहितको औपचारिक बैठक राख्ने र त्यसबाट अनुमोदन गरेर पार्टीलाई एकताबद्ध बनाउनेबारे छलफल चलिरहेको छ ।