जनता टाइम्स

२९ असार २०७८, मंगलवार ०९:४२

प्रधानन्यायाधीशको कालिकोटमा पुत्ला जलाए


काठमाडौँ, असार २९।  प्रधानन्यायाधीश चोलेन्द्रको शमशेर राणाको कालिकोटमा पुत्ला जलाए छन् । अनेरास्ववियु र युवासंघका नेताहरुले जिल्लाको प्रतिमाचोका पुत्ला जलाएका हुन् ।समोबार सर्वोच्वको फैसला बहुदलीय संसदीय प्रणाली को मर्म बिपरित भएको भन्दै नेकपा एमाले सम्बध्द्व अनेरास्ववियु र युवासंघले पुत्ला जलाएको अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष महताराले बताउनुभयो ।सर्बोच्च अदालतले गरेको संसद पुनस्थापनाको फैसला सँगै प्रधानमन्त्री नियुक्त गर्ने परमादेश लोकतन्त्रको मर्म विरुद्ध भएको भन्दै कालिकोटमा चोलेन्द्र शमशेर राणाको पुत्ला जलाएको युवा संघ नेपालका केन्द्रीय सदस्य जनक बहादुर शाहीले बताउनु भयो । पुत्ला जलाउने कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य टिकाराम शाही, बिनोद शाही, बसन्त शाही, अनिल शाही, अनेरास्वबियु जिल्ला संयोजक धर्म शाही लगाएतले पुत्ला जलाएको युवा संघका नेता बिनोद शाहीले बताउनु भयो ।