काठमाडौं, असार २९ । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आज अपरान्ह १ बजे निर्धारित बैठक स्थगित भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
उहाँका अनुसार अर्को बैठकको मिति तय भएको छैन । अर्काे सूचना नभएसम्मका लागि बैठक स्थगित भएको तामाङले बताउनु भयो । यसअघि वार्ता कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न सोमबार साँझ बैठक डाकिएको थियो ।
सर्वोच्च अदालतको फैसलापछि उत्पन्न परिस्थितिका कारण बैठक अनौपचारिक रूपमा मात्र बसेका थियो । तामाङका अनुसार स्थगित बैठक संभवत भोलि बस्नेछ ।
प्रतिक्रिया दिनुहोस्