काठमाडौं, असार २९ । प्रधानमन्त्री नियुक्त हुनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भन्दा बढता खुसी एमाले बरिष्ठ नेता माधवकुमार नेपाल हुनुभएको पाइएको छ । प्रधानमन्त्रीको सपथग्रहण समारोहमा माधव स्वयंले यस्तो तथ्य खोल्नुभएका हो ।
आफू सवैभन्दा बढी खुसी रहेको प्रमाणित गर्न देउवा भन्दा पनि अगावै नेपाल शितल निवासमा पुग्नुभएको हो । देउवा भने राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि सपथ ग्रहण स्थलमा जानुभएको छैन । यता एमालेमा एकताको चक्कर चलाएर संस्थापन समूहलाइ भुलभुलैयामा राख्नुभएका नेपाल अन्ततः देउवासँगै रहने अवस्थामा पुग्नुभएको हो ।













प्रतिक्रिया दिनुहोस्