काठमाडौं, असार २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्री देउवाले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।
सर्वोच्च अदालतको सोमबारको फैसलापछि राष्ट्रपति भण्डारीले आज नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । समारोहमा संवैधानिक निकायका प्रमुख एवं पदाधिकारी, पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सञ्चारकर्मीको उपस्थिति थियो । सर्वोच्च अदालतको फैसलापछि देउवा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।

सपथग्रहण लगत्तै नवनियुक्त प्रधानमन्त्री देउवाले पाँच सदस्यीय मन्त्रीपरिषद् गठन गर्नुभएको छ । बालकृष्ण खाँड गृहमन्त्री, ज्ञानेन्द्रबहादुर कार्की कानूनमन्त्री पम्फा भुषाल ऊर्जा तथा जलस्रोत मन्त्री र जनार्दन शर्मा अर्थमन्त्री नियुक्त हुनुभएको हो नवनियुक्त मन्त्रीहरुलाई पनि आजै पद तथा गोपनीयताको शपथ ग्हण गराइएको छ ।













प्रतिक्रिया दिनुहोस्