काठमाडौं, असार ३० । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज बिहान ११ बजे सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोट सर्ने हुनुभएको छ ।
३९ महिना लामो प्रधानमन्त्रीको कार्यकाल पूरा गरेर एमाले अध्यक्षसमेत रहनुभएका ओली आज आफ्नो निवास बालकोट निवास सर्न लाग्नुभएको हो । २०७४ फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि ओली फागुन ६ गते बालुवाटार सर्नुभएको थियो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अदालतको परमाशदेअनुसार मंगलवार प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले आज सरकारी निवास छाड्न लाग्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई युवा संघ नेपाल करिब २ हजार गाडी र ३ हजार मोटरसाइकलसहित बालकोट निवासका लागि स्कर्टीङ गर्ने तयारी गरेको छ । ओलीको स्कर्टिङका लागि युवा संघ नेपाल र खेलकुद महासंघले आफ्ना कार्यकर्तालाई साढे १० बजे बालुवाटारमा भेला हुन आह्वान गरेका छन् ।













प्रतिक्रिया दिनुहोस्