जनता टाइम्स

३० असार २०७८, बुधबार ०८:१३

माधव नेपालको इमानमाथि सूर्य थापाको गम्भीर प्रश्न


काठमाडौं, असार ३० । नेकपा एमालेका प्रचार विभाग उपप्रमुख सूर्य थापाले बरिष्ठ नेता माधवकुमार नेपालको इमानमाथि गम्भीर प्रश्न उठाउनु भएको छ । जनादेश विपरित परमादेशबाट शेरबहादुर देउवाको प्रधानमन्त्रीमा नियुक्ती हलो ताछी मुंग्रो सरह भएको भन्दै थापाले नेपालको नियति र इमानमाथि गम्भीर प्रश्न उठाउनु भएको छ ।

सामाजिक सञ्जालमा लेख्दै थापाले माधव कुमार नेपालले हिजो शितल निवासमा देउवालाई बधाइ दिन देखाएको उत्साहप्रति पनि कटाक्ष गर्नुभएको छ ।

‘नेकपा एमालेका अध्यक्षको नेतृत्वको सरकार ढालेर देउवाको बैशाखी बन्ने र पहिलो बधाइ दिन आतुर माधव नेपालको निम्ती हर्ष विभोरको क्षण होला,’ थापाले लेख्नुभएको छ ‘जनादेश विपरित परमादेशबाट श्री शेबदेको प्रममा नियुक्ती हलो ताछी मुंग्रो बनाए जस्तै हो ।’ देउवको पक्षमा हस्ताक्षर गर्ने एमालेका २३ जना साँसदको नाम शेयर गर्दै थापाले लेख्नुभएको छ ‘यिनै २३को गद्धारीको परिणाम हो ।’