जनता टाइम्स

३० असार २०७८, बुधबार १०:३७

राष्ट्रपतिबिरुद्ध प्रधानमन्त्रीको निकृष्ट हर्कत : कार्यालयको फोटोमा ब्लर गरियो, यी हुन प्रमाण


काठमाडौं, असार ३० । सर्वाेच्चको परमादेशबाट प्रधानमन्त्री नियुक्त भई काम सम्हालेलगत्तै शेरबहादुर देउवाले आपत्तिजनक काम गर्नुभएको पाइएको छ । प्रधानमन्त्री देउवाले राष्ट्रपति बिद्यादेवी भण्डारीको फोटो नै ब्लर गरेको तथ्य सरकारी सञ्चार माध्यम राससले बाहिर ल्याएको छ ।

राष्ट्रपति भण्डारीबाट पद तथा गोपनीयताको सपथ लिएलगत्तै प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकको कक्षमा राखिएको राष्ट्रपति भण्डारीको तस्विरमा यसरी ब्लर गरिएको हो । यो तस्विर राससले बाहिर ल्याएको छ । फोटोग्राफर रोशन सापकोटाले लिएको यी तस्वीरमा हेर्नाेस, राष्ट्रपतिबिरुद्ध देउवा सरकारले कतिसम्मको निकृष्ट हर्कत गरेको रहेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकको दृष्य यस्तो छ : प्रधानमन्त्रीमा मंगलबारै नियुक्त देउवासँगै गृहमन्त्री बालकृष्ण खाँड, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाल र कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा मन्त्रिपरिषद बैठक सम्पन्न भयो। प्रधानमन्त्रीको चेम्बरमै रहेको राष्ट्रपति विद्यादेवी भण्डारीको तस्वीर ब्लर गरिएको छ।

हेर्नुहोस् तस्वीर। भण्डारीको तस्वीर छेउमा घडी छ। घडीको अर्कोतर्फ रहेको एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर हटाइएको छ। तर, राष्ट्रपति भण्डारीको तस्वीरमा ब्लर गर्नु कतिको सही हो, यो कसले गरेको हो भन्ने विषय खुलेको छैन। स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषदकै कार्यालयका कर्मचारीले भण्डारीको तस्वीर ब्लर गरेका हुन्। नेपाल प्रहरीले कुनै पनि ‘केस’मा आरोपीको फोटो ‘ब्लर’ गर्छ।