काठमाडौं, असार ३० । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको निवास पुग्नुभएको छ । नेकपा एमालेका वरिष्ठ नेतासमेत रहनुभएका नेपाललाई आफ्नो सरकारमा सो समुहको सहभागिताका लागि छलफल गर्न प्रधानमन्त्री देउवा उहाँकै निवास कोटेश्वर पुग्नुभएको हो ।
देउवा केहीबेरअघि नेता नेपाललाई भेट्न कोटेश्वर जानुभएको हो । देउवा एमाले भत्काउन हिडनुभएका नेता नेपाल, माओवादी केन्द्र र जसपा (यादव–भट्टराई) पक्षको समर्थनमा अदालतबाट परमादेशमार्फत प्रधानमन्त्री बन्नुभएको थियो ।
प्रधानमन्त्रीको कार्यभार सम्हालेको दोस्रो दिन देउवा नेपाल निवास पुग्नुभएको हो । नेता नेपालसँगको भेटमा सो समुहलाई आवश्यक खर्चदेखि सवै ब्यवस्थापन गरिदिने आश्वासनसहित बिश्वासको मत हाल्ने बेलासम्म २३ जनालाई जसरी पनि आफ्नो पक्षमा राखिरहनु नेपाललाई आग्रह गरेको स्रोतले बताएको छ ।













प्रतिक्रिया दिनुहोस्