काठमाडौं, असार ३०
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारी सुविधा फिर्ता गर्नुभएको छ । आज थापाले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर सरकारी गाडी, ल्यापटप लगायतका सरकारी सबै सामान फिर्ता गर्नुभएको हो ।
उहाँ यसअघि २०७६ कात्तिकमा प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा नियुक्त हुनुभएको थियो । उहाँ सल्लाहकारमा नियुक्त भएपछि बा २ झ १३२१ नम्बरको सरकारी गाडी प्रयोग गर्दै आइरहनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्