भक्तपुर, असार ३० । नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सर्वाेच्च अदालतबाट आएको फैसला संबिधानबिरोधी रहेको भन्दै प्रतिवाद गर्नुपर्ने निश्कर्ष सुनाउनु भएको छ । नेपालको संविधानमा अदालतबाट प्रधानमन्त्री नियुक्त गर्ने प्रावधान नभएको भन्दै उहाँले अदालतले गरेको गलत फैसलाको जनताको बीचमा प्रतिवाद गर्दै सच्याउन बाध्य बनाउनु पर्ने बताउनु भयो ।
समसामयिक राजनीतिबारे आफ्नो धारणा सार्वजनिक गर्दै अध्यक्ष बिजुक्छेले ल्याटिन अमेरिकी छाँया अदालतमा परेको ठोकुवा गर्नुभयो ।
‘सबै काम अदालतले गर्ने भए संसदको के काम ?,’ अध्यक्ष बिजुक्छेले भन्नुभयो, ‘सर्वोच्च अदालतको फैसला प्रजातन्त्रविपरीत, गैरसंवैधानिक तथा गलत छ, अदालतले सधैं सही गर्छ भन्ने होइन ।’
उहाँले नेपालमा संसद्को सर्वोच्चता रहे पनि अहिले यसलाई समाप्त पार्ने षडयन्त्र भइरहेको पनि बताउनु भयो । अदालतले फलानोलाई प्रधानमन्त्री बनाउनु भनेर भन्नै नमिल्ने तर्क उहाँको छ । अदालतले पार्टीको ह्विप लाग्दैन भन्नु प्रजातन्त्र र संविधानविपरित भएको भन्दै उहाँले शासक दलले न्यायाधीश नियुक्तिमा गरेको भागबन्डाको परिणाम अहिले देशले भोगेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्