जनता टाइम्स

३१ असार २०७८, बिहीबार ०७:४७

देउवा प्रधानमन्त्री बनेकै भोलिपल्ट चितवन कांग्रेसका हस्तीले रोजे एमाले


चितवन, असार ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेकै भोलिपल्ट चीतवनमा ठूलो समुह काग्रेस त्यागेर एमाले प्रवेश गरेको छ । राप्ती नगरपालिकाका कांग्रेसका हस्तीहरु बुधवार एमाले प्रवेश गरेका हुन ।

गत स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जीतबहादुर तामाङका नेतृत्वमा ८५ जना कांग्रेसका नेता एमालेमा प्रवेश गर्नुभएको हो । नवप्रवेसीहरुलाई बागमति प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एमाले प्रवेश गराउनु भयो ।