जनता टाइम्स

३१ असार २०७८, बिहीबार १६:१७

ओलम्पिकमा सिलवाल नेतृत्वको टोली भोलि जापान उड्ने


कामठाडौं, असार ३१

जापानको टोकियो ओलम्पिकमा नेपालको ‘सेफ द मिसन’ रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेश कुमार सिलवालको नेतृत्वमा १० सदस्सीय टोली भोलि जापान प्रस्थान गर्ने भएको छ । नेपाल ओलम्पिक कमिटि (एनओसी) ले सदस्य सचिव सिलवालको नेतृत्वमा १० सदस्सीय टोली भोली जापान प्रस्थान गर्ने जनाएको छ । सदस्य सचिव सिलवालको नेतृत्वमा जापान जाने टोलीमा दुई खेलाडी, प्रशिक्षक र पदाधिकारी रहेका छन् ।

दुई खेलाडीमा जुडोकी सोनिया भट्ट र सुटिङकी कल्पना परियार रहेकी छिन् । जुडो प्रशिक्षक सूर्यनारायण श्रेष्ठ र सुटिङका प्रशिक्षक असिम यादव पनि सिलवालको नेतृत्वमा जापान जाने छन् । त्यस्तै सिलवालको नेतृत्वमा हेडक्वाटर अफिसियल रहेका एनओसीका कार्यकारी निर्देशक चतुरानन्द राज बैद्य, टिम लिडर रहेका सुनिल कुमार श्रेष्ठ, तुलसी थापा, प्रकाश शमशेर राना र मेडिकल अफिसियलको रुपमा सुर्य नारायण श्रेष्ठ जापान जानुहुने छ ।

एनओसी अध्यक्ष जीवनराम श्रेष्ठको नेतृत्वमा भने सोमबार पाँच सदसीय टोली जापान जानुहुने छ । अध्यक्षको नेतृत्वमा जापान जाने टोलीमा महासचिव निलेन्द्रराज श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने, राखेप बोर्ड सदस्यद्धय सम्पन्न श्रेष्ठ र सुभास श्रेष्ठ रहनुभएको छ ।

यस्तै साउन १० गते जापान जाने टोलीमा राखेप उपाध्यक्ष शिव कोईराला, एथलेटिक्स खेलाडी सरस्वती चौधरी, प्रशिक्षक ईन्दिरा मल्ल र एनओसी उप–महासचिव पिताम्बर तिम्सिना रहनुभएको छ । यसअघि पौडीका तीन सदसीय नेपाली टोली जापान पुगिसक्नुभएको छ । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ । टोकियो ओलम्पिकमा नेपालबाट पाँच खेलाडी, प्रशिक्षक र पदाधिकारी गरि २६ सदस्यीय टिमको सहभागिता हुनेछ ।