जनता टाइम्स

३१ असार २०७८, बिहीबार १६:२८

अनाथालयलाई राष्ट्रिय फुटबल टिमको सहयोग


काठमाडौं, असार ३१

नेपाली राष्ट्रिय फुटबल टिमले ललितपुरको एक अनाथालयलाई सहयोग गरेको छ । राष्ट्रिय टिमले ललितपुरको सैबुमा रहेको द अनाथालय होमलाई दुई वटा प्रोजेक्टर सहयोग गरेको हो । राष्ट्रिय टिमका म्यानेजर मधुसुधन उपाध्याय, कप्तान किरण चेम्जोङ र प्रशिक्षक किरण श्रेष्ठले आज अनाथालय पुगेर प्रोजेक्टर हस्तान्तरण गर्नुभएको थियो ।

नेपाली टिमका म्यानेजर उपाध्यायले शैक्षिक उदेश्यको लागि प्रोजेक्टर सहयोग गरिएको बताउनुभयो । उहाँले भन्नुभयो,‘अनाथालयमा रहेका बालबालिकाको पढाईमा लागि प्रोजेक्टर आवश्यक रहेको पाईएपछि हामीले रकम जम्मा गरेर दुई प्रोजेक्टर सहयोग गरेका हौं ।’ रिता राईले संचालन गरेको अनाथालयमा २२ अनाथ बालबालिकाहरुले आश्रय लिईरहेका छन् ।