जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार ०६:३०

हिक्मत कार्कीको नजरमा यी हुन अव एमालेले गर्नैपर्ने आठ काम


काठमाडौं, साउन १ । नेकपा एमालेका नेता एवं प्रदेश १ का आन्तरिक मामला तथा कानून मन्त्री हिक्मत कार्कीले एमालेले अब गर्नुपर्ने आठ वटा काम औंल्याउनु भएको छ । सर्वोच्च अदालतको परमआदेशपछि एमाले नेतृत्वको सरकार ढलेको वर्तमान अवस्थामा नेता कार्कीले छिटो नयाँ जनादेशका लागि निर्वाच्नमा जानुको विकल्प नभएको जनाउँदै आठ ओटा काम गर्नुपर्ने बताउनु भएको हो ।

निर्वाचन मार्फत अब पनि एमालेकै सरकार बनाउने अभियानमा पार्टीलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ । कार्कीले सामाजिक सञ्जाल मार्फत अब नेकपा एमालेले गर्नुपर्ने आठ वटा कामको सूची सार्वजनिक गर्नुभएको छ ।

यी हुन कार्कीको सुझाव

१. आफ्नो आलोचनात्मक मत, दृष्टिकोणसहित सर्बोच्चको संबैधानिक ईजलासको निर्णयलाई मान्दै ,परमादेशबाट बनेको“ देउबा सरकार लाई बिश्वासको मत नदिने ।

२. यो प्रतिनिधि सभाले जनादेश अनुसारको काम गर्न नसक्ने भएकोले अबिलम्ब नयाँ जनादेशको निम्ति अर्लि (केही छिटो) निर्वाचनको माग गर्दै ताजा जनादेश लिनुपर्ने आफ्नो धारणा प्रस्तुत गर्ने

३. सरकारका ठिक कामको समर्थन र गलत कामको बिरोध गर्दै शसक्त रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने ।

४. अदालतको राजनैतिक फैसला र हाम्रो पार्टी र नेतृत्वप्रती फैलाईएका गलत र भ्रामक बिषयहरुमा देशब्यापी रुपमा सम्पुर्ण पार्टी पंक्तिलाई स्पष्ट पार्दै पार्टीलाई बैचारिक र संगठनात्मक रुपले सुदृढ गर्ने अभियान चलाउने ।

५. पार्टी सदस्य नवीकरण अभियानलाई तिब्र पार्दै तोकिएका समयमा वडा,गाउँ÷नगर ,जिल्ला ,प्रदेश अधिबेशन र केन्द्रीय बिधानरनेतृत्व अधिबेशन सम्पन्न गर्ने ।

६. अदालतका फैसला लगायत अन्य साना÷मसिना बिषयबस्तुमा पार्टी र जनसंगठन लाई नअल्मलिई हाम्रा नेतृत्वका नेपाल सरकार, प्रदेशरस्थानीय सरकारका राम्रा कामहरुको जनताबचि व्यापक प्रचार गर्ने, बाँकी अबधिका निम्ति प्रदेशर स्थानीय सरकार लाई थप राम्रा कामका निम्ति पार्टी नेतृत्वलाई ससक्त गर्ने ।

७. केही ब्यक्तीहरु द्वारा उठाईएका कतिपय असंवैधानिक, बिबादित बिषयबस्तुमा पार्टी पंक्तिलाई स्पष्ट पार्दै जनताको आन्दोलनबाट प्राप्त उपलब्धिको रक्षार्थ पार्टीलाई एक ढिक्का बनाउने ।

८. राजनितीक स्थायित्व,बिकाश र संम्बृद्दीका निम्ति अब पनि सरकार एमालेकै भन्ने अभियानका साथ राष्ट्रिय आकांक्षा “संम्बृद्द नेपाल, शुखी नेपाली “ लाई पूरा गर्न अबिश्रान्त ढंगले पार्टीलाई तयार राख्ने । धन्यवाद ।