जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार ०८:०३

ख्याति श्रेष्ठको हत्यामा संलग्न मेरिना शाक्य १२ बर्षपछि थुनामुक्त


काठमाडौं, साउन १ । ख्याति श्रेष्ठको हत्यामा संलग्न रहनुभएकी मेरिना शाक्य थुनामुक्त भएकी छन । मेरिना शाक्य १२ वर्ष जेल जीवन बिताएर सार २८ गते थुनामुक्त भएकी हुन । शाक्य केन्द्रीय कारागार, सुन्धाराबाट थुनामुक्त भएको प्रहरीले जनाएको छ ।

ख्मेरिनालाई याती हत्यामा दोषी ठहर गर्दै अदालतले १३ वर्ष चार महिना कैद सजाय तोकेको थियो तर छुटसहित शाक्य १२ वर्षपछि छुटेकी हुन । अनामनगर निवासी १९ वर्षीया ख्याति श्रेष्ठको २०६६ साल जेठ २२ गते अपहरणपछि क्रुर हत्या भएको थियो ।