जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार ०८:३४

माधव नेपालहरु लिलामी लायक पनि नरहने शंकर पोखरेलको ठोकुवा, यी हुन आधार


काठमाडौं, साउन १ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं एमालेका नेता शंकर पोखरेलले विश्वासको मत प्राप्त गरेपछि कांग्रेस र माओवादीले माधव नेपालहरूलाई लिलामी लायक पनि रहन नदिने घोषणा गर्नुभएको छ । एमालेको स्थायी कमिटी बैठक अगाडि मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै यस्तो घोषणा गर्नुभएको हो ।

एमालेको स्थायी कमिटी बैठक आज १ गते ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बस्दै छ । अध्यक्ष केपी शर्मा ओलीसँगको परामर्शपछि महासचिव ईश्वर पोखरेलले बैठक तय गर्नुभएको हो । बैठक अगाडि मुख्यमन्त्री पोखरेलको ट्विटलाई निकै अर्थपूर्ण रूपमा लिइएको छ ।

‘केपी ओली सरकारको नेतृत्वमा हुदासम्म माधव कमरेडहरुको केपी विरोधको निकै ठुलो मुल्य थियो । देउवाजी प्रम भएपछि त्यो घट्तै छ । विश्वासको मतप्राप्त गरेपछि लिलामी लायक पनि रहन दिने छैनन,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ।