जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार १८:०५

टि-२० क्रिकेट विश्वकपको समुहको लाग्यो टुंगो, भारत र पाकिस्तान एकै समूहमा


काठमाडौं, साउन १

युएई र ओमानमा हुने आगामी टि–२० क्रिकेट विश्वकपमा भारत र पाकिस्तान एकै समुहमा परेका छन् । अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले आज समुह निर्धारण गरेको हो । आईसीसीले पहिलो राउण्ड र सुपर १२ राउण्डको समुह निर्धारण गरेको हो । सुपर १२ मा भारत र पाकिस्तान एकै समुहमा परेका हुन् । पहिलो राउण्डको लागि समुह एमा श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड र नामिबियाँ रहेका छन् ।

त्यस्तै समुह बिमा बंगलादेश स्कटल्याण्ड, पपुवा न्यु गिनीया र ओमान रहेका छन् । दुवै समुहको बिजेता र उपविजेता सुपर १२ मा प्रवेश गर्ने छन् । सुपर १२ मा समुह १ मा इंग्ल्यान्ड, अष्ट्रेलिया, साउथ अफ्रीका, वेस्ट इन्डिज, तथा पहिलो राउण्डबाट छनौट भई आउने गरि समुह ए को बिजेता र समुह बि को उप बिजेता रहने छन् ।

त्यस्तै सुपर १२ को समुह २ मा भारत, पाकिस्तान, न्युजिल्याण्ड, अफगानिस्तान तथा पहिलो राउण्डबाट छनौट भई आउने गरि समुह बि को बिजेता र समुह ए को उप बिजेता रहने छन् । भारतमा आयोजना हुने तय भएको प्रतियोगिता भारतमा कोरोना संक्रमितको संख्यामा कमी नआएपछि युएई र ओमानमा हुन् लागेको हो । प्रतियोगिता आगामी १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म हुने छ । २० मार्च २०२१ को बरियता अनुसार समुह विभाजन गरिएको आईसीसीले जनाएको छ ।