जनता टाइम्स

१ श्रावण २०७८, शुक्रबार २०:५२

माधव गुटलाई गोकुल बास्कोटाको खुला चुनौति


काठमाडौँ, १ साउन ।नेकपा एमालेको विवाद समाधान गर्न गठित दस सदस्यीय कार्यदलले गरेको दसबुँदे सहमति स्थायी कमिटी बैठकले आजै अनुमोदन गरेको छ । शुक्रबार तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसेको स्थायी कमिटी बैठकले दसबुँदे सहमति ग्रहण गर्दै अनुमोदन गरेको हो ।

सहमति अनुमोदन हुँदा पनि माधव पक्षको ब्यवहार देखेर नेता गोकुल बास्कोटाले खुल्ला चुनौती दिनुभएको छ । उहाँले सहमतिमा नआए माधव गुट सकिने बताउनुभएको छ । उहाले माधव पक्षतर्फ लक्षित गर्दै भन्नुभएको छ – यदि फैसलाले एमाले सक्किने भए ०५२ मै सक्या हुन्थ्यो। यो राजनीती हो, कोही चोईटिएर पनि सकिदैन।देउवाले कांग्रेस फुटाए पार्टी चलेन मुल पार्टीमै फर्किए, बामदेवको त्यही कथा दोहोरिएकै हो, बैध्यको करिब उस्तै भो। राप्रपामा पनि पटक पटक सोही कुरा भएकै छ। दशबुंदे अनुमोदन हुदा पनि कोही आउदैनन भने नआउन।