जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १३:५०

रामकुमारी झाक्रीले गरिन देउवा सरकार जोगाएर मन्त्री बन्ने खुलासा


काठमाडौं, साउन ३

नेकपा एमालेकी नेतृ रामकुमारी झाक्रीले देउवा सरकार जोगाएर मन्त्री बन्ने खुलासा गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफूले देउवा सरकार जोगाएर मन्त्री बन्न लागेको बताउनुभयो ।

उहाँले लेख्नुभएको छ,‘हामीले ७६ (५) को प्रमको लागि संघिय संसदका माननीय सदस्य शेरबहादुर देउवालाई समर्थन गरेका थियौँ । १४९ जनाको समर्थन हुँदा पनि राष्ट्रपतिबाट नियुक्ति नभएपछि १४६ जना सदस्यहरू सर्वोच्च अदालतको ढोका ढकढकाउन पुगेका हौँ । अदालतले परमादेशको आदेश जारी गरेपछि बनेको सरकार र प्रधानमन्त्रीलाई विश्वासको मत दिनु हाम्रो कर्तव्य हो ।’

‘सकिन्छ नेकपा एमालेले संस्थागत निर्णय गरी फ्लोरमा बसेर विश्वासको मतको पक्षमा भोट हालौँ । त्यसो गर्न सकिदैन भने सांसदहरूलाई संसदको पुरा कार्यकाल संचालन गर्न हामी सबैले विवेक प्रयोग गरी पक्षमा भोट हालौं । यदि त्यो पनि भएन भने हामी २३ जना निवेदककर्ताले भोट हाल्नु त हाम्रो कर्तव्य नै हो । हामीले विश्वासको मतको पक्षमा भोट हाल्नेछौं ।’