काठमाडौं, साउन ३ । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।
आफूहरूले उठाएका राजनीतिक माग पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट आएकोले विश्वासको मत दिन सकरात्मक भएको ठाकुर पक्षका नेता डा.सुरेन्द्र झाले जानकारी दिनुभयो । प्रधानमन्त्री देउवाले ठाकुरलाई औपचारीक पत्र लेखी विश्वासको मत माग्नुभएको र छलफलमा आफूहरुको मुद्धा सम्बोधन गर्ने प्रतिवद्धता जनाउनु भएकोले बिश्वासको मत दिने निर्णयमा महन्थ–राजेन्द्र पक्ष पुगको हो ।
संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको झाले बताउनु भयो । महन्थ पक्षको यो निर्णयसँगै प्रतिनिधिसभामा देउवालाई एमालेका बिद्रोही नेता माधव नेपालको सहयोग बिनै बहुमत पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्