जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १८:४८

प्रदीप ज्ञवालीले संसदमा भण्डाफोर गरे श्री ५ र पाँच श्रीमानको संबिधानबिरोधी षडयन्त्र (भिडियोसहित)


काठमाडौं, साउन ३ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले ३२ बर्ष अगाडि फालेको निर्दलीय ब्यवस्थालाई ढाल बनाएर प्रधानमन्त्री शेरबहादुर देउवा सत्तामा आउनु भएकोले बिश्वासको मत दिन नसकिने बताउनु भएको छ । प्रधानमन्त्री देउवाले बिश्वासो मत लिने क्रममा भएको छलफलमा भाग लिँदै एमाले नेता ज्ञवालीले प्रधानमन्त्री देउवालाई राजाले प्रजातन्त्र खोसेको इतिहाससमेत सदनमै स्मरण गराउनु भएको छ ।

‘इतिहास दुई पटक दोहोरिन्छ, पहिले दुखान्तका रुपमा, दोस्रो पटक बिद्रुप भएर प्रहर्शनका रुपमा । २०४८ सालमा बनेको सरकारमा आजका सम्माननीय प्रधानमन्त्री गृहमन्त्री हुनुहुन्थ्या, त्यो सरकारको नीति कार्यक्रमममा कांग्रैसकै ३६ जना सांसद अनुपसिथत हुनुभयो र त्यो सरकार ढल्यो । त्यो कुरुप घटनाको साँक्षी सम्माननीइ प्रधानमन्त्री हुनुहुन्छ,’ ज्ञवालीले भन्नुभयो, ‘दोस्रो २०५३ सालमा देउवा सरकार ढल्यो, कांग्रेसकै दुई सांसद अनुपस्थित बनेर । २०५९ सालमा देउवाले प्रतिनिधिसभा बिघटन गर्नुभयो, चुनाव हुन सकेन र तात्कालिन राजा ज्ञानेन्द्रले असक्षमको बिल्ला भिराएर पदमुक्त गरे । तर आज उहाँ फेरि निर्दलीयताको वकालत गरेर प्रधानमन्त्रीको कुसीमा आउनु भएको छ ।’ उहाँले आज अबलम्बन गरेको बिधि संबिधानको सर्वाेच्चताबिरुद्ध भएको ठोकुवा पनि गर्नभयो ।

‘दलहरुको बिभाजनले सरकारहरु गिराउने, लोकतन्त्र कमजोर गर्ने, प्रजातन्त्रप्रति नै बितृष्णा जगाउने इतिहास स्थापित भएको छ । तीन तीन चोटी दलीय बिभाजनको शिकार बनेर पहिला गृहमन्त्री र दुई पटक प्रधानमन्त्रीका रुपमा बाहिरिनु भएका सम्माननीय प्रधानमन्त्री आफै निर्दलीयताका साहारा लिएर प्रधानमन्त्री बन्दै हुनुहुन्छ । यस्तो बेला उहाँलाई कसरी समर्थन गर्ने होला ? बढो अप्ठ्यारो अवस्था सिर्जना भएको छ,’ ज्ञवालीले भन्नुभयो ।

उहाँले देउवाले तात्कालिन समयमा देउवाले श्री ५ बाट बाट न्याय पाएँ भन्नुभएको कुरा उठाउँदै त्यसपछि के भयो भन्ने प्रश्न गर्नुभयो । उहाँले त्यसबेला श्री ५ ले न्याय गर्दा प्रजातन्त्र गुमेको र अहिले पाँच श्रीमानको न्यायले गणतन्त्र त खतरामा पर्ने होइन भन्ने आशंका ब्यक्त गर्नुभयो ।

हेर्नोस भिडियो