जनता टाइम्स

३ श्रावण २०७८, आईतवार १९:४७

प्रधानमन्त्रीलाई बिश्वासको मत दिने महन्थ ठाकुरको घोषणा


काठमाडौं, साउन ३ । जनता समाजवादी पाटी) (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिने घोषणा गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले बिश्वासको मत लिने क्रममा संसदमा भएको छलफलमा भाग लिँदै ठाकुरले बिश्वासको मत दिने घोषणा गर्नुभएको हो । यद्यपी ठाकुरले प्रधानमन्त्री देउवा जनादेशले नभई परमादेशले बनेको धारणा राख्नुभयो । ‘प्रधानमन्त्री परमादेशले बनेको हो, जनादेशले होइन,’ ठाकुरले भन्नुभयो ।