काठमाडौं, साउन ४ । एमाले महासचिव इश्वर पोख्रेलले अराजनीतिक नाटकको पटाक्षेप भएको बताउनुभएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा एमालेका २२ जना साँसदहरुले विश्वासको मत दिएलगत्तै सामाजिक सञ्जालमार्फत महासचिव पोख्रेलले यस्तो टिप्पणी गर्नुभएको हो ।
पोख्रलेले यो नाटकको कलाकारका रुपमा बाहिर देखापरेका खलनायक र विदुषक बारे भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ । ‘केही पात्रहरुद्वारा केही समयदेखि जारी अराजनैतिक÷अनैतिक भद्धा नाटकको एउटा खण्ड पटाक्षेप भएकोछ । कलाकारका रुपमा बाहिर देखापरेका खलनायक र विदुषकबारे भ्रममा नपरौं । सबैले राम्ररी चिनौं,’ महासचिव पोख्रेलले लेख्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्