जनता टाइम्स

४ श्रावण २०७८, सोमबार ०९:३०

को हुन मन्त्री नपाए आत्महत्या गर्छु भन्ने माओवादी नेता ?


काठमाडौँ, ४ असार। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारमा सहभागी भएको नेकपा (माओवादी केन्द्र) मा मन्त्रीका लागि नेताहरुको दौडधुप चलेको सोही पार्टीका एक नेताले बताउनुभएको छ ।

माओवादी केन्द्रका युवा नेता लेखनाथ न्यौपानेले मन्त्रीका लागि नेताहरुको अस्वस्थ प्रतिस्पर्धा चलेको संकेत गर्दै केही नेता आत्महत्या गर्ने धम्कि दिएको खुलासा समेत गर्नुभएको छ । नेता न्यौपानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘बिहानै खतरा खबर आयोस् पार्टीका कतिपय मुर्धन्यहरुले यसपटक पनि मन्त्री पाइएन भने आत्महत्या गर्ने निष्कर्षमा पुगे भन्ने पो आयो त ?’

यद्यपि उनले कसले आत्महत्या गर्न खोजेको हो त्यसबारे थप लेख्नुभएको छैन । यसअघि पनि प्रचण्ड निवास खुमलटार पुगेर केही नेताले केपी ओली नेतृत्वको सरकारमा मन्त्री नपाए आत्महत्या गर्ने चेतावनी दिएको चर्चा चलेको थियो ।