काठमाडौं, साउन ४ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवं एमाले नेता सूर्य थापाले माधव नेपाल र झलनाथ खनाल समूहलाई ‘हरामी’ गुटको संज्ञा दिनुभएको छ । सामाजिक संजालमा लेख्दै थापाले यस्तो बताउनु भएको हो ।
उहाँले देउवा सरकारलाई टालाटुली बटुली विश्वासको मत हासिल गरेको पनि बताउनुभयो । उहाँले तटस्थ बसेका एमालेका १० सांसदलाई बिरामी भन्नुभएको छ ।
सामाजिक सञ्चाल ट्वीटरमा ट्वीट गर्दै थापाले लेख्नुभएको छ,’ २०७८ साउन ३ को मध्यरात ः श्री शेबदे नेतृत्वको टालाटुली बटुली सरकारले विश्वासको मत हासिल गर्यो । काङ्ग्रेस ६१, माके ४९, जसपा ३२, हरामी गुट २२ र राष्ट्रिय जनमोर्चा १. १६५ । विपक्षमा एमाले ८३, विरामी १०, फ्लोरक्रस, प्रलोभन र बिक्रीबट्टा त परमादेशबाटै मान्य छ, हेरौँ त तमासा ।’













प्रतिक्रिया दिनुहोस्