काठमाडौं, साउन ४ । प्रमुख प्रतिपक्षी दल एमालेले पार्टी निर्णयबिरुद्ध प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधवकुमार नेपालसहित २२ सांसदलाई अनुशासनको कारवाही गर्ने भएको छ । केन्द्रीय कमिटीको जारी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जना सांसदमाथि कार्वाहीको प्रस्ताव राख्नुभएको हो ।
अध्यक्ष ओलीले निर्णय नमान्ने २२ जनालाई नै २४ घण्टे स्पष्टीकरण सोध्ने प्रस्ताव राख्नुभएको छ । तर, बैठक हलमा उपस्थित सबै केन्द्रीय सदस्यले स्पष्टीकरणको आवश्यकता नरहेका भन्दै तत्कालै कारवाही हुनुपर्ने माग गरेका छन । अध्यक्ष ओली उदार बनेको भन्दै अधिकांश केन्द्रीय सदस्यहरुले स्पष्टिकरण होइन, कार्वाही–कार्वाही भन्दै हुटिङ गरेपछि केही मिनेर बैठकमा हो–हल्ला भएको थियो ।
बैठकमा महेश बस्नेत, खिमलाल भट्टराई, कृष्ण राई, निरु पाललगायतका सदस्यहरुले माधवसहित २२ जनालाई नै आजै पार्टीबाट निकाल्नुपर्ने माग राख्नुभएको एक केन्द्रीय सदस्यले जनताटाइम्सलाई बताए । एमाले केन्द्रीय कमिटीको १०औं बैठक च्यासलमा बसेको हो ।













प्रतिक्रिया दिनुहोस्