काठमाडौं, साउन ४ । खोप अभियान सुरु गर्न उनी नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी सहित पहिला अर्थोपेडिक अस्पताल पुगेका थिए। खोप अभियान सुरु गरेको तस्बिर सहित उनको आधिकारिक ट्विटर ह्यान्डलबाट ट्विट भयो मेरो सरकारको प्राथमिकता सबैलाई कोरोना विरुद्धको खोप हो।
राजतन्त्र कालमा सरकारलाई ‘श्री ५ को सरकार’ भन्ने गरिन्थ्यो । गणतन्त्र कालमा ‘नेपाल सरकार’ भन्न थालियो। राजाले सम्बोधन गर्दा मेरो सरकार भनिन्थ्यो जुन गणतन्त्रसँगै हराएको थियो। प्रधानमन्त्री देउवाको आधिकारिक ह्यान्डलमा सरकारबारे प्रयोग गरेको शब्द मेरो सरका? उचित शब्द हो ?
भाषाविद्सँहरुग जिज्ञासा राख्दा उहाँहरुले यस्तो प्रतिक्रिया दिनुभयो– पहिले श्री ५ हरुले मेरो सरकार भन्थे, प्रजा र रैती मान्ने श्री ५ हरुले भन्ने मेरो सरकार गणतन्त्रमा भनिनु गलत हो। गणतन्त्रपछि नेपाल सरकार नै औपचारिक भाषा रहेको जानकारी दिँदै देउवाले प्रयोग गरेको शब्दबारे भने यो नितान्त गलत भाषा हो, भाषाविद भन्नुहुन्छ । ,‘औपचारिक भाषा नेपाल सरकार नै हो।’ तर यसरी मेरो सरकार भनिनु गत भएको भाषा विद्हरुको तर्क रहेको छ ।आफ्नो पार्टीको सरकार हुँदा कतिले हाम्रो सरकार भन्ने गरेको र यो गलत शब्द नभएको भाषा विद्हरु बताउनुहुन्छ ।
‘पार्टीगत रूपमा हाम्रो सरकार भन्ने गरेको सुनिन्छ,’तर ,‘हाम्रो सरकार भन्नुलाई गलत नै भन्न सकिन्न,तर मेरो सरकार भन्नु गलत हो।’
प्रधानमन्त्री देउवाले सरकारबारे प्रयोग गरेको शब्दप्रति मौन छन् काँग्रेस नेता। तर यस अगाडि राष्ट्रपतिले यही शब्द प्रयोग गर्दा उहाँहरूले आपत्ति जनाउनुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले २०७६ वैशाख २० मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सम्बोधनका क्रममा ‘मेरो सरकार’ भन्ने शब्दावली प्रयोग गरेपछि आलोचना भएको थियो।

गणतन्त्र स्थापनापछि पहिलो पटक राष्ट्र प्रमुखबाट मेरो सरकार शब्द प्रयोग भएको थियो।
राष्ट्रपतिले ‘मेरो सरकार’ भनेपछि नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिलाई राष्ट्रपति नै रहन दिऊँ सरकार, राजतन्त्र बिदा गरेका नेपाली नागरिकलाई ‘रानी’बोक्ने कुनै रहन छैनु भन्दै ट्विट समेत गर्नुभएको थियो तर आज उहाँकै पार्टी सरकारमा छ उहाँकै सभापति प्रधानमन्त्री हुनुहुन्छ तर आज उहाँले त्यहि शब्द बोल्दा उहाहरु कहाँ हुनुहुन्छ ? आम नागरिकले प्रश्न गर्नुभएको छ ।
अर्का काँग्रेस नेता तथा सभासद् गगन थापाले पनि विरोध गर्दै म त नेपाल सरकार (जनताको सरकार) को नीति तथा कार्यक्रम सुन्न संसद्मा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिम ज्यूको निजी सरकारको कार्यक्रम को पो घोषणा भइरहेछ प्रधानमन्त्री ज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिला आउँ होला? भनेर ट्विट गर्नुभएको थियो । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपतिले मेरो सरकार भन्नु अत्यन्त गैर जिम्मेवार र लोकतान्त्रिक भावनाको बरखिलाफ हो। यो राष्ट्रपतिको सरकार होइनु भन्दै ट्विट गर्नुभएको थियो । राष्ट्रपतिले मेरो सरकार भनेको दुई वर्षपछि प्रधानमन्त्री नियुक्त काँग्रेस सभापति समेत रहेका देउवाले आफ्नो ट्विटमा त्यही शब्द प्रयोग गरे मेरो सरकार।













प्रतिक्रिया दिनुहोस्