काठमाडौं, ४ साउन । एमाले नेता गोकुल बास्कोटाले माधव नेपाल रहित नेकपा (एमाले) बनाउन आग्रह गर्नुभएको छ । उहाँले अव एमाले र माधव नेपाल संगसगै रहन नसक्ने बताउनु भएको हो ।
नेता बास्कोटाले देशभरका एमालेजनले बिना अलमल ब्यक्ति वा पार्टी मध्ये एक रोज्न आग्रह समेत गर्नुभएको छ । उहाँ सामाजिक संजालमा लेख्नुभएको छ – अब एमाले र माधब नेपाललाई न त संगै हिडाउन सकिन्छ न त जिताउन नै। माधब जित्दा एमाले नै हार्छ तर एमाले जित्दा माधब मात्र हार्छन। तसर्थ देशभरका एमालेजनले बिना अलमल ब्यक्ति वा पार्टी मध्ये एक रोज्न पर्छ। अर्को विकल्प छैन। शुभरात्री

एमाले पार्टीको निर्णय नै उल्लंघन गरेर नेपालले प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि उहाँ लगाएत २२ जना एमालेका संसदलाई २४ घण्टे स्पष्टिकरण सोधिएको छ । उहाले आफै पार्टीको सरकार ढालेर विपक्षहरुसंग गठबन्धन गर्दै हिड्नु भएको छ । उहालाई पार्टीको हित विपरित गतिवीधि गरेको आरोप लागेको छ ।













प्रतिक्रिया दिनुहोस्