जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार १८:२६

प्रचण्ड पत्नि सीता दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा


काठमाडौं, साउन ५

प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नि सीता दाहाललाई भेट्न खुमलटारस्थित दाहालको निवासमा केहीबेर अघि पुग्नुभएको छ । प्रधानमन्त्री देउवाले खुमलटारमा अध्यक्ष दाहाल पत्नी सीता दाहालको स्वास्थ्यस्थिति बुझ्नुभएको छ ।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार प्रधानमन्त्रीले पहिल्यैदेखि सीता दाहालको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न खोजेको र त्यहीअनुरुप आज खुमलटार पुग्नुभएको हो । सीता पार्किन्सन् रोगका कारण लामो समयदेखि अस्वस्थ हुनुहुन्छ । भेटमा प्रचण्ड र दउवाबीच मन्त्रिमण्डल विस्तारलगायत विषयमा वार्ता भएको थियो ।

यसअघि आजै विहान माओवादी अध्यक्ष दाहाल बालुवाटार पुगेर प्रधानमन्त्री देउवासँग भेट गर्नुभएको थियो । भेटमा सरकार सहभागीताको विषयलगायत विकसित पछिल्ला राजनीतिक घटनामाक्रमबारे छलफल भएको थियो ।