जनता टाइम्स

५ श्रावण २०७८, मंगलवार २१:४७

यौन सम्पर्कले कार्यसम्पादनमा ल्याउँछ सुधार, यस्तो छ आधार


यौन एक कौतुहलता र जिज्ञाशाले भरिएको विषय हो । संसारमा सर्वाधिक पढिनेमा यौन पर्छ । यौन सम्बन्धि केही भ्रम तथा रोचक कुराहरु छन् । त्यसमध्येका ९ वटा रोचक प्रसंगलाई यहाँ उल्लेख गरिएको छ ।

१. हाम्रो करिब १० प्रतिशत सपनामा सेक्स समावेश हुन्छ

अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनमा प्रकाशित एक अनुसन्धानअनुसार हाम्रा दश मध्ये एक सपना समाजिक रुपमा अनैतिक मानिने खालका हुन्छन् । सपनामा अधिकांश महिलाले नेता, सेलिब्रेटी वा आफ्ना पूर्व प्रेमीसँग सेक्स गरेको देख्छन् भने पुरुषले एकै पटकमा धेरै महिलाहरुसँग सेक्स गरेको सपना देख्न सक्छन् ।

२. महिलाहरु पनि इरेक्ट हुन्छन्

सेक्सोलोजिस्ट सेडी एलिसनका अनुसार महिलाहरूले पनि वास्तवमा आफ्नो जननेन्द्रीयमा इरेक्शन प्राप्त गर्दछन् । महिलाको क्लीटोरिस पुरुषलाई उत्तेजित बनाउने स्पोनजी इरेक्टायल टिस्युजस्तै टिस्युबाट बनेको हुन्छ । जसले पुरुष जननेन्द्रीयलाई उत्तेजित अवस्थामा कडा बनाउँछ, ठ्याक्कै महिलामा पनि त्यस्तै हुन्छ । उनका अनुसार महिलाहरु उत्तेजित भएको अवस्थामा क्लीटोरिस सामान्य अवस्थामा भन्दा ठूलो भएको प्रष्ट देख्न सकिन्छ ।

३. तीन प्रतिशमा मानिले सेक्सको कुनै कल्पना गर्दैनन्

अधिकांस मानिसहरुले धेरैजसो समयमा सेक्सको कल्पना गर्छन् । कतिले हप्तामा केहि पटक त कतिले एक दिनमै पनि धेरै पटक यस्ता कल्पना गर्छन् । तर, किन्जी इन्स्टिच्युट पिएचडी फेलो जस्टीन लेमिलरका अनुसार ३ प्रतिशत मानिसहरु यस्ता हुन्छन् जो कहिल्यै पनि यौनको विषयमा कल्पना गर्दैनन् ।

४. ठूलो आकारको लिंगले भजाइनालाई तन्काउँदैन्

धेरै सेक्स वा ठूलो लिंग भएको व्यक्तिसँगको सेक्सले योनीको आकार ठूलो हुन्छ भन्ने भ्रमपूर्ण कुराहरु इन्टरनेटमा धेरै पाइन्छ । भजाइनल क्यानल मांसपेशी भएकाले ठूलो साइजको लिंगले स्थायी रुपमा योनीको आकार ठूलो हुन्छ भन्नु गलत हो ।

५.यौन सन्तुष्टीमा लिंगको लम्बाइभन्दा गोलाइले प्रभाव पार्छ

योनी मुख्यतयाः स्ट्रेच मेकानोरसेप्टर्सले ढाकिएको हुन्छ । ‘यौन आनन्दका बेला सामान्यतया लिंगको लम्बाइभन्दा परिधि वा चौडाई महिलाहरूको लागि अधिक महत्वपूर्ण पक्ष हो,’ युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलसका सेक्सुअल साइकोलोजी रिसर्चर डा। निकोल प्राउसले बताए ।

६. सेक्सले कार्यसम्पादनमा सुधार ल्याउँछ

अमेरिकाको ओरिगन स्टेट युनिभर्सिटीमा गरिएको एक अध्ययनले यौन र कार्य सम्पादनबीचमा सम्बन्ध रहेको निष्कर्ष निकालेको थियो । सन्तुष्ट यौन जीवनले काम गर्न जाँगर चल्ने मात्र नभै कार्यक्षमता समेत वृद्धि गर्छ ।

७. ७५ प्रतिशत महिला ‘नियमित’ सेक्सबाट चरमोत्कर्षमा पुग्दैनन्

लिंग र योनीको क्रियाबाट गरिने सेक्सले महिलामा अग्र्याजम नहुनु धेरै मानिसका लागि चिन्ताको विषय हुन्छ । तर, यो सामान्य विषय हो । तीन चौथाई महिलाहरुलाई अग्र्याजम हुनको लागि क्लीटोरल स्टीम्युलेसन हुन आवश्यक छ । त्यसका लागि सेक्स टोए, हात, जिब्रो वा अन्य केहीको प्रयोग गर्न सकिन्छ । ‘नियमित’ ९लिंग र योनीको घर्षण० को सेक्सबाट महिलाहरु ७५ प्रतिशत महिलाहरु चरमोत्कर्षमा पुग्दैन् ।

८. डिम्बले विजेता शुक्रकीटको चयन गर्छ

हामीले सुन्दै आएको कुरा हो कि शुक्रकीटहरुको दौडमा जुन पहिले डिम्ब भएको ठाउँमा पुग्छ त्यही डिम्बमा प्रवेश गर्छ । पुरुषहरु सक्रिय तथा प्रतिस्पर्धी हुन्छन् भने महिला निस्क्रिय हुन्छन् भन्ने हाम्रो सामाजिक मान्यताका कारण हामी बायस्ड छौं, ह्युमन सेक्सुवालिटी एक्सपर्ट एवम सेक्सोलोजिस्ट जिल म्याकडेभिटले बताइन । उनका अनुसार डिम्बको परिस्कृत जैविक संयन्त्र हुन्छ जसले कुन शुक्रकीटलाई प्रवेश गर्न दिने भन्ने कुरा आफैं निर्धारण गर्छ ।

९. सेक्स प्रभावकारी औषधि हो

सेक्सले व्यक्तिको मुडलाई ठीक मात्र गर्दैन, यसले स्वास्थ्यलाई पनि प्रत्यक्ष प्रभाव पार्दछ । सेक्सले मुटुलाई स्वस्थ राख्छ, प्रतिरक्षा प्रणालीलाई सुधार गर्छ र केहि क्यान्सर हुने सम्भावनालाई समेत कम गर्छ ।