धनगढी, ५ साउन । धनगढीमा राष्ट्रिय युवा संघ नेपालले प्रतिनिधिसभा सदस्य प्रेम आले र लक्ष्मी चौधरीविरुद्ध प्रदर्शन गरेको छ। दुवैलाई धनगढीमा प्रवेश निषेध गर्ने घोषणा गरेका छन्। एमालेबाट निर्वाचित भएर पनि कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाउन भोट हालेको भन्दै उनीहरुविरुद्ध धनगढीमा नाराबाजी गर्दै प्रदर्शन गरिएको हो। ‘लाल गद्दार’ भन्दै उनीहरुको तस्बिरसहित प्रदर्शन गरिएको थियो। रातो पुलबाट गरिएको नाराबाजीसहितको प्रदर्शन पार्क मोडमा कोणसभा गरि सम्पन्न भएको थियो। प्रदर्शनकारीहरुले ‘प्रेम आले मुर्दावाद, लक्ष्मी चौधरी मुर्दावाद, केपी ओली जिन्दावाद’का नारा लगाएका थिए।
प्रेम आले र लक्ष्मी चौधरीविरुद्ध धनगढीमा प्रदर्शन :धनगढीमा प्रवेश निषेध गर्ने घोषणा














प्रतिक्रिया दिनुहोस्