जनता टाइम्स

६ श्रावण २०७८, बुधबार १५:५१

कोरोनासँग जुध्न प्रधानमन्त्रीलाई विज्ञका १८ बुँदे सुझाव, स्वास्थ्यमन्त्रीमा संझौता नगर्न माग (पूर्णपाठ)


काठमाडौं, साउन ६ । कोरोना महामारीको सामनामा केन्द्रित रहेर जनस्वास्थ्य विज्ञहरुले सरकारलाई १८ बुँदे सुझाव दिएका छन । नेपालमा कोभिड–१९ महामारीको व्यवस्थापन र तेस्रो लहरको तयारीका लागि भन्दै विज्ञहरुले १८ बुँदे सुझाव पेश गरेका हुन ।

क्षेत्रीय परिस्थितिले गर्दा केही महिनामा नै कोरोनाको तेस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै डा. महेश मास्केसहितका १६ जना जनस्वास्थ्य विज्ञहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज १८ बुँदे सुझाव पेश गर्नुभएको हो । सुझावमा उच्चस्तरीय कोभिड–१९ व्यवस्थापन समितिमा प्रस्तुत हुनुपूर्व सबै महत्वपूर्ण विषयमा राय लिन योग्य चिकितसक र जनस्वास्थ्य विशेषज्ञहरु सम्मिलित स्वतन्त्र सल्लाहकारहरुको समूह बनाउन भनिएको छ । यस्तै योग्यता र क्षमताको आधारमा तत्काल स्वास्थ्यमन्त्री नियुक्त गर्न समेत सुझाव दिइएको छ ।

बिज्ञहरुले १८ वर्षभन्दा माथिका नागरिकलाई यथाशिघ्र खोप लगाउन र खोप कार्यक्रममा निजी क्षेत्रलाई सरकारी सहयोगमा संलग्न गराउनुका साथै वृद्ध÷असाहय मैत्री तथा कम भीडभाड हुने गरी खुल्ला ठाउँमा व्यवस्थापन गर्न पनि सुझाएका छन । प्रधानमन्त्री देउवालाई सुझाव दिनेमा डा. मास्केसहित डा. कुलचन्द्र गौतम, डा. रीता थापा, डा. बद्रीराज पाण्डे, डा. अरुणा उप्रेती, डा. समिर दीक्षित, डा. शिवकुमार राई, डा. छत्र अमात्य, डा. शरद वन्त, डा. अभिनव वैद्य, डा. राजेन्द्र बीसी, डा. तीर्थ राना, डा. रजनी शाह, डा. लोचना श्रेष्ठ, डा. विन्ज्वला श्रेष्ठ र नारायण सुवेदी रहेका छन् ।

पढनोस पूर्णपाठ