जनता टाइम्स

७ श्रावण २०७८, बिहीबार १०:५६

खोप र भाडा समायोजनको माग गर्दै आन्दोलनमा उत्रिए यातायात व्यवसायी


काठमाडौं, ७ साउन। खोप र भाडा समायोजनलगायतका माग यातायात व्यवसायीले काठमाडौं उपत्यकामा र्‍याली निकालेका छन् । भाडा समायोजन र कोरोनाविरुद्धको खोप माग गर्दै गाडीसहित उनीहरुले र्याली निकालेका हुन् ।

इन्धनको भाउ बढे पनि गाडी भाडा समायोजन नगरेको उनीहरुको गुनासो छ । यस्तै, कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई सरकारले राहतको व्यवस्था नगरेको उनीहरुले बताएका छन् । उनीहरुले गाडीको बिमा छुट, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप दिनु पर्ने लगायतका माग राखेका छन् ।