काठमाडौं, साउन ७ । राष्ट्रिय सभा सदस्य तथा नेकपा एमालेकी नेत्रृ कोमल वलीले आफ्नै पार्टीका केही नेताहरूका कारण कांग्रेसको सपना पूरा भएको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैकठमा बोल्दै वलीले एमालेको केही नेताहरूका कारण सरकारमा पुग्ने कांग्रेसको सपना पूरा भएको बताउनुभएको हो ।
साथै, उहाँले बैठकमा ‘सबै कुरा अदालतले निर्णय गर्ने हो भने संसदको के काम ?’ भन्दै कडा प्रश्नसमेत गर्नुभयो । ‘अदालतको निर्णयबाट सत्ता प्राप्ति गर्नेहरू खुसी भएको अवस्था होला । हामी यो पनि हेक्का राखौँ, अदालत बढी बोल्यो भन्ने प्रश्न समाजमा उठिरहेको छ, व्यवस्थापिका कमजोर हुन सक्छ भन्ने उत्तिकै छ,’ सांसद वलीले भन्नुभयो, ‘सबै कुरा अदालतले निर्णय गर्ने हो भने संसद किन चाहियो ? अदालतका न्यायाधीशहरूले निर्णय गर्ने कर्मचारीहरूले कार्यान्वयन गरे भइहाल्यो, दल किन चाहियो ? नेताहरू किन चाहियो ?’
उहाँले अब सरकार स्थायित्वको पक्षमा हिँड्न नसक्ने दाबीसमेत गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्