काठमाडौं, साउन ७ । राष्ट्रिय सभाका सदस्य एवं एमाले नेता देवन्द्र दाहालले ‘सर्वोच्च अदालतले सेटिङबाटै इजलास गठन गरी सेटिङबाटै निर्णय’ गरेको ठोकुवा गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै दाहालले यस्तो ठोकुवा गर्नुभएको हो ।
राष्ट्रिय सभा सदस्य दाहालले सर्वोच्चको १६७ पेजको फैसलामा किन महत्वपूर्ण कुरा छुटाएको भनेर प्रश्न पनि गर्नुभयो । उहाँले सर्वोच्च दुई जना न्यायाधीशको बारेमा फैसला मौन रहेको भन्दै सेटिङ प्रमाणित भएको पनि बताउनु भयो । ‘इजलास गठन सन्दर्भमा फलाना–फलाना न्यायाधीश इजलासमा बस्छन भने हामी चाहिँ बस्दैनौं भन्ने दुई जना न्यायाधीशरूको बारेमा यो फैसला मौन छ । वा यसलाई त बिर्सनलायक परिघटना भनिएको छ,’ दाहालले भन्नुभयो ।
‘पछि हामीलाई थाहा भयो । ती कथित विवाद उठाइएका (विवादलाई कथित भनेको हुँ, न्यायाधीशलाई होइन) न्यायाधीशहरूले आफू संवैधानिक इजालसबाट हट्नुपर्ने कुनै कारण नभएको भनेर आफ्नो फैसला लेख्नुभयो । तर, पनि संवैधानिक इजलास पुनर्गठन गरियो । र, उहाँहरूलाई हटाइयो । त्यति मात्र होइन, एक प्रकारले निवदेकरूको माग वमोजिम नै न्यायाधीश राखेर इजलास बनायो,’ सांसद दाहालले थप्नुभयो, ‘इजलास गठनको सन्दर्भमा पहिला कसले प्रश्न उठायो ? र, फलानाफलना न्यायाधीश उक्त अदालतमा बस्नुहुन्छ भने हामी दुई जना बाहिरिन्छौँ भनेर कसले भन्यो ? त्यसको प्रष्टिकरण खै ? त्यत्रो १६७ पेजको फैसला लेख्दा त्यसबारे पनि त केही लेख्नुपर्थ्यो हेला नि ? कम्तिमा आत्मसमीक्षा गरेको भए हुन्थ्यो कि ? त्यस्तैले सेटिङबाट इजलास गठन र सेटिङबाट निर्णय भएको हो किन नभन्ने ?’













प्रतिक्रिया दिनुहोस्