काठमाडौं, साउन ८ । एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालको तुलना गर्नै नसकिने निश्कर्ष सुनाउनु भएको छ । ओली र नेपालबीचको इगोका कारण एमाले एकता प्रभावित भएको हो भन्ने पत्रकारको प्रश्नको जवाफ दिने क्रममा अध्यक्ष ओली र नेता नेपालको नाम नलिइ प्रवक्ता ज्ञवालीले नेपालको कम्युनिष्ट आन्दोलनलाई उचाइमा पुर्याउने र कम्युनिष्ट आन्दोलन कांग्रेसको पाउमा पुर्याउनेको तुलना गर्नै नसकिने आफ्नो निश्कर्ष सुनाउनु भएको हो ।
‘एउटा नेतृत्व जसले हिजो तेस्रो अवस्थामा पुगेको पार्टीलाई स्थापित गरेर पहिलो नम्बरमा पुर्यायो, जसले नेपालको छवीलाई, राष्ट्रियतालाई, स्वाधिनतालाई एउटा नयाँ उचाइमा उठायो, संसारभर कम्युनिष्ट आन्दोलन धक्का खाइरहेको बेला करिब दुई तिहाइ हाराहारीमा निर्वाचनबाट जनमत ल्याएर सरकारको नेतृत्व गर्ने नेता एकातिर र त्यो नेतृत्व विस्थापित गरेर कांग्रेसको पाउमा पुर्याउने नेतृत्वलाई दुइटै बराबर भन्नुभयो भने यो मिल्दै मिल्दैन, यो तुलना गर्ने विषय होइन,’ ज्ञवालीले भन्नुभयो ।
एमाले केन्द्रीय कमिटी बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाफ दिँदै प्रवक्ता ज्ञवालीले सय भारी खर काट्ने र सयभारी खरमा आगो लगाउनेहरु बराबरी हुन नसक्ने प्रष्ट पार्नुभयो ।













प्रतिक्रिया दिनुहोस्