जनता टाइम्स

९ श्रावण २०७८, शनिबार १३:३८

हजारौ मोटरसाइकल र्यालीमा भक्तपुर युथफोर्स, मार्चपास गर्ने (तस्विर)


भक्तपुर, साउन ९

नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ अन्तरगतको युथफोर्सले आज दशौं हजारको उपस्थितीमा मोटरसाइकल र्यालीसहित वृहत मार्चपास गर्ने भएको छ । युवा संघ तथा युथफोर्स जिल्ला कमिटी भक्तपुरले हजारौको मोटरसाइकल र्याली गरेको हो । मार्चपास माइतिघरबाट नयाँ बानेश्वर पुगी बानेश्वरबाट पुनः बबरमहल हुँदै कार्की व्याङ्क्वेटमा पुर्याई अन्त्य हुनेछ ।

युथफोर्सले र्यालीसहित मार्चपास अभियान सम्पन्न गरी कार्की व्याङ्क्वेटमा काठमाडौँ युथफोर्स भ्याली कमाण्डसमेत घोषणा गर्ने भएको छ । उक्त घोषणा तथा सपथ कार्यक्रममा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने आयोजकले जनाएको छ ।