काठमाडौं, साउन ११ । आइतबार मन्त्रिपरिषद् विस्तारका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गर्नुभयो । आइतवार नै प्रधानमन्त्री देउवाले नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई सिंहदरबारमा शपथ गराउनुभयो ।
तर शपथ ग्रहण कार्यक्रममा अनौठो दृश्य देखियो । प्रधानमन्त्रीले राजयमन्त्री श्रेष्ठलाई शपथ ग्रहण गराउँदै गर्दा मन्त्रिपरिषद्का अन्य मन्त्रीहरुले भने उठ्न समेत जरुरी ठानेनन् ।उनीहरुले शपथ ग्रहण कार्यक्रममा सामान्य नैतिकता र शिष्टाचारसमेत देखाउन जरुरी ठानेनन् । यो फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । यसलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ताले मन्त्रीहरुलाई संस्कारहीनता र आचरण स्खलनको चरम रूप भनेर टिप्पणी गरिरहेका छन् ।
जसरी प्रधानमन्त्रीले जनताको अपेक्षालाई लत्याएर व्यवसायीलाई मन्त्री बनाउनुभयो, उहाँका मन्त्रीले नै शपथका बेला उभिने सामान्य शिष्टाचारसमेत निभाएनन् । हुन त गठबन्धनको बैठक, देखि विभिन्न देशका राजदुतसंगको भेटमा प्रधामन्त्री कुर्चि छाडेर सोफामा बस्ने प्रधानमन्त्रीलाई यस्तो दृश्य सामान्य लाग्न सक्ने एक राजनीतिक विश्लेषक बताउनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्