जनता टाइम्स

११ श्रावण २०७८, सोमबार १७:०३

बढ्यो संक्रमण : आजै ३४२१ मा कोरोना पुष्टि, ६६९ आइसियु र १६६ जना भेन्टिलेटरमा


काठमाडौं, साउन ११

नेपालमा आज ३४ सय २१ जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै आजै १६ सय ८६ जनो कोरोना संक्रमण जित्नुभएको छ भने २५ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाउनुभएको छ । यस्तै आज देशभर थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकाका ९९३ जना छन् । काठमाडौंमा ६७१, भक्तपुरमा १२५ र ललितपुरमा १९७ जनालाई पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २४० पीसीआर र ५ हजार ३२ एन्टीजेन गरि १७ हजार २७२ जनाको कोरोना परीक्षण भएको थियो । अहिले सक्रिय संक्रमित २७ हजार ९०७ जना छन् जसमध्ये अहिले ६६९ जना आइसियु र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।