काठमाडौं, साउन ११ । एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघको संयोजकमा पूर्वमन्त्री थममाया थापा मगर चयन हुनुभएको छ । अनेमसंघको आइतबार सम्पन्न सचिवालय बैठकले सहसंयोजक थापालाई संयोजक चयन गरेको हो ।
यसअघिको संयोजक सीता पौडेल गण्डकी प्रदेश प्रमुख नियुक्त भएपछि संयोजक पद रिक्त रहेको थियो । रिक्त ठाउँमा सहसंयोजकलाई जिम्मेवारी दिइएको अनमेसंघकी सचिव सुजिता शाक्यले जानकारी दिनुभयो । बैठकले संघको सातौ राष्ट्रिय सम्मेलन फागुनमा गर्ने निर्णय पनि गरेको छ ।














प्रतिक्रिया दिनुहोस्